Notification

×

Iklan

Iklan

बिममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, एक घाइते

Monday, October 5, 2020 | October 05, 2020 WIB Last Updated 2021-12-30T03:26:23Z

 बेनी 

असोज १९



पश्चिम म्याग्दीको बिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 



मालिका गाउँपालिका–७ बिम खरिभिरमा सोमबार राति ११ बजे भएको दुर्घटनाबाट रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका २३ वर्षीय आशीष खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

ध १ त ५२६ नम्बरको उक्त ट्याक्टरमा सवार पर्वत जिल्लाको जलजला गाउँपालिका–२ का प्रवीण परियार गम्भीर घाईते भएका छन् । उनलाई पोखरास्थित मनिपाल शिक्षण अस्पातलमा थप उपचारका लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


दुर्घटना भएको स्थानीयले थाहा पाएपछि इलाका प्रहरी कर्यालय दरबाङलाई खबर गरेका थिए । दरबाङबाट सुरक्षाकर्मीसहितको उद्धार टोली राति २ बजे घटनास्थलमा पुगेर उद्धार गरेको र अहिले दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।


×
Berita Terbaru Update