Notification

×

Iklan

Iklan

पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना संक्रमण

Monday, October 5, 2020 | October 05, 2020 WIB Last Updated 2021-12-30T03:26:23Z

 बेनी


असोज १९ 


पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार आयोजित नियमित पत्रकार भेटघाटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् । योसँगै नेपालमा ८९ हजार २६३ जनामा कोभिड–१९ को संक्रमण भएको छ ।



प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ३१ जनामा संक्रमण देखिएको छ भने हाल देशभर सकृय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।


त्यसैगरी संक्रमितमध्ये १९ जनाको सोमबार निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ५ सय ५४ तथा जम्मा संक्रमित संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

×
Berita Terbaru Update