Notification

×

Iklan

Iklan

म्याग्दीमा ‘हाप्किडो संघ’ गठन

Monday, October 5, 2020 | October 05, 2020 WIB Last Updated 2021-12-30T03:26:23Z

 बेनी


असोज १९


म्याग्दीमा हाप्किडो संघ गठन भएको छ । सोमबार सरदमुकाम बेनीमा आयोजित एक कार्यक्रमबीच संघको गठन भएको घोषणा गरिएको हो । विवेक हमालको अध्यक्षतामा ९ सदस्यीय नेपाल मार्शल आर्टस हाप्किडो संघ, म्याग्दी शाखाको गठन गरिएको हो । संघको उपाध्यक्षमा अवेस्ना शाही, सचिवमा गणेश हमाल र कोषाध्यक्षमा अभिषेक बानियाँ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रेमन राई, विवेक बानियाँ, अर्जुन नेपाली, राजेश श्रेष्ठ र कल्याण सुवेदी चयन भएको संघका सचिव गणेश हमालले जानकारी गराएका छन् । 



कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले नेपाललाई हाप्किडो खेलका माध्यमबाट पनि विश्वसामु चिनाउन सकिने धारणा राखे । दक्षिण कोरियामा ‘हाप्गिदो’ भनिने यो खेल खासगरी आत्मरक्षाको उद्देश्यबाट शुरु भएको जानकारी दिँदै अध्यक्ष घर्तीमगरले यो खेल हाल विश्वका ५० भन्दा बढी देशमा खेलिँदै आएको बताए । कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको हाप्किडो खेल आयोजना गरिने उनको भनाइ थियो ।


सोही कार्यक्रममा बोल्दै समाजसेवी सन्तोष रावलले हाप्किडो खेललाई पनि अन्य खेलसरह व्यावसायिक बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए । 



कार्यक्रममा संघका गण्डकी प्रदेश उपाध्यक्ष तारामाया थापामगर र सदस्य तथा खेलाडी प्रीति गिरीले बोलेका थिए ।


हाइब्रिड मार्सल आर्टका रुपमा परिचित हाप्किडो खेल कोरियामा शुरु भई विकसित भएको पाइन्छ । कोरियामा जापानी उपनिवेश रहेका बेला राष्ट्रवादी विचार बोक्ने चोयी यङ सूल (सन् १००४–१९८६) र उनका विद्यार्थीहरुले यो खेल शुरु गरेको पाइन्छ ।

×
Berita Terbaru Update