Notification

×

Iklan

Iklan

भालुबाङ राजधानी बनाउने प्रस्तावमा कांग्रेसको ऐक्यबद्धता

Monday, October 5, 2020 | October 05, 2020 WIB Last Updated 2021-12-30T03:26:23Z

बेनी 

असोज २०


प्रदेशको राजधानी दाङ जिल्लाको भालुबाङलाई बनाउने ५ नम्बर प्रदेश सरकारको प्रस्तावप्रति नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले भालुबाङ राजधानी बनाउने प्रस्तावको समर्थन गरेका हुन् । 


“हामीले शुरुदेखि नै ५ नम्बर प्रदेशको राजधानी दाङको भालुबाङ हुनुपर्छ भन्दै आएका थियौं,” सोमबार प्रकाशित विज्ञप्तिमा भनिएको छ, “हामीले भनेको ठाउँलाई नै राजधानीको रुपमा प्रस्ताव गरेकोमा प्रदेश सरकारप्रति आभार प्रकट गर्दछौं ।”




सरकारी विज्ञटोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक स्रोतको न्यायिक वितरण र जनमतको कदरका लागि पनि भालुबाङ उपयुक्त ठाउँ रहेको भन्दै नेपाली कांँग्रेसका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य दिपक गिरी, संघीय सांसद किशोरसिंह राठौर लगायतका प्रभावशाली १० जना कांग्रेस नेताले समर्थन गरेका छन् ।  



यसअघि सोमबारै बसेको ५ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गर्नुका साथै कुर्सी तोडफोडसमेत गरेका थिए ।



प्रदेशको राजधानी र नामको टुङ्गो लगाउने भनिएको बैठक मङ्गलबार पुनः बस्दैछ ।


×
Berita Terbaru Update