बेनी
असोज २०
पृथ्वीको नजिक आइपुगेकोले आज राति मङ्गल ग्रह स्पष्टसँग देखिने वैज्ञानिकहरुले बताएका छन् । मङ्गल ग्रह अहिले पृथ्वीको नजिक रहेको र अब सन् २०३५ मा यति नजिक आइपुग्ने वैज्ञानिकहरुको भनाइ छ । सन् २००३ यता पहिलोपटक मङ्गल ग्रह पृथ्वीको यति नजिक आएको हो ।
![]() |
| पृथ्वी र मंगल ग्रह |
वैज्ञानिकहरुका अनुसार मङ्गल ग्रह आज राति ८ बजेर तीन मिनेट जाँदा पृथ्वीबाट सबैभन्दा नजिक आउने छ । त्यसबेला मङ्गल ग्रह पृथ्वीबाट ३ करोड ८५ लाख ८६ हजार ८१६ माइलको दूरीमा रहनेछ।
अक्टोबर महिनाको हरेक रात मङ्गलग्रह पृथ्वीबाट स्पष्ट रुपमा देखिनेछ । हरेक बेलुका पूर्वबाट देखिने मङ्गल ग्रह सबेर बिहान पश्चिमतिर देखिनेछ । रातिमा रातो तारा देखिएको मङ्गल ग्रह हो । रातो ताराको रुपमा चिनिने यो ग्रह सधैं यसरी स्पष्टसँग पृथ्वीबाट देखिँदैन ।
सन् २००३ मा मङ्गल ग्रह पृथ्वीको सबैभन्दा नजिक आउँदा यी दुईबीचको दूरी ३४.६५ मिलियन माइल रहेको थियो।
