बेनी
असोज २०
प्रगतिशील विचार बोक्ने इन्जिनियरहरुको भेलाले प्रगतिशील इन्जिनियर्स सङ्गठन (एभ्ब्ल्), म्याग्दी गठन गरेको छ । ई. कृष्ण रिजालको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः बालकृष्ण बुढाथोकी, अञ्जन खत्री र सुष्मा पौडेल रहेका छन् । तदर्थ समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबिन घर्ती, घनश्याम रोकामगर, सतीश सुवेदी, जीवन श्रेष्ठ, सुरेन्द्र आचार्य, अभिनय सुजन केसी, बालकुमार रोका, कमल थापा, दिपेश केसी, रुद्र सापकोटा, दिपक सापकोटा र सुनिल बानियाँ रहेको सचिव अञ्जन खत्रीले जानकारी दिए ।
त्यसैगरी भेलाले सुदिप गौतम, विष्णु चापागाईं विष्णु रिजाल रहेकोे तीन सदस्यीय सचिवालय तथा बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीलाई सल्लाहकारमा चयन गरेको पनि हो ।
जिल्लामा क्रियाशील दुईओटा संगठनमा आबद्ध इन्जिनियरहरुको एकीकृत भेलाबाट ‘पिन’ म्याग्दीलाई पूर्णता दिइएको बताइएको छ । यसअघि अध्यक्ष र सचिवको जिम्मेवारी क्रमशः कृष्ण रिजाल र अञ्जन खत्रीलाई दिइएको थियो ।
म्याग्दी स्थायी घर भएका वा जिल्लास्थित विभिन्न सरकारी तथा नीजि संस्थामा कार्यरत इन्जिनियरहरु र स्वतन्त्र रुपमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका इन्जिनियरहरुको भेलाले प्रगतिशील इन्जिनियर्स संगठन, म्याग्दीको गठन भएको हो ।