Notification

×

Iklan

Iklan

प्रदेश ५ को नाम ‘लुम्बिनी’ र स्थायी राजधानी भालुबाङ

Tuesday, October 6, 2020 | October 06, 2020 WIB Last Updated 2021-12-30T03:26:22Z
बेनी
असोज २०



प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेशसभाबाट दुईतिहाई मतसहित पारित भएको छ । मंगलबार प्रदेशसभामा भएको मतदानमा ‘लुम्बिनी’को पक्षमा ७९, विपक्षमा ४ र ‘भालुबाङ’को पक्षमा ६९ तथा विपक्षमा १३ मत खसेको थियो । 


लुम्बिनीमा कायम ८७ प्रदेश सभा सदस्यमध्ये मंगलबारको मतदानमा ८३ जनाले मत खसालेका थिए । प्रदेशको नाम र राजधानीका लागि दुबै नतिजा दुई तिहाई भन्दा धेरै जनमत हो ।

बुटवलका पक्षमा मत खसाल्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो । तर, त्यसको वास्ता नगरी ५ जना सांसदले भालुबाङका पक्षमा मतदान गरे ।

प्रदेश सभामा मतदान गर्दै लुम्बिनीका सांसदहरु



दाङको राप्ती गाउँपालिकामा पर्ने भालुवाङ बजार साविक गढवा गाविसको ८ नम्बर वार्डमा पर्दछ । भौगोलिक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्ने यो बजार प्यूठान, अर्घाखाँची र कपिलवस्तु  जिल्लाका लागि पनि सीमावर्ती क्षेत्रभित्र पर्छ ।

दाङ जिल्लाको पूर्वीभागमा रहेको  राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बजार तुलसीपुरबाट ८९ किलोमिटर पूर्व, घोराहीदेखि ६६ किलोमिटर पूर्वमा अवस्थित छ । गाउँपालिकाको केन्द्र भने भालुवाङबजार भन्दा ७ किलोमिटर पश्चिम मसुरियामा अवस्थित छ । 

त्यस्तै बाँकेसँग सीमाना जोडिएको अमेलिया बजारबाट ६० किलोमिटर पूर्व र लमही बजारवाट २५ किलोमिटर पूर्वी भागमा भालुबाङ बजार रहेको छ । 
नयाँ संविधान अनुसार प्रदेशको नाम र स्थायी राजधानी तोक्ने काम प्रदेश सभाको अधिकारभित्र पर्दछ । यसअघि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले स्थायी राजधानी र नाम टुङ्गो लगाइसकेका छन् । पाँच नम्बर प्रदेशले पनि मंगलबार प्रदेशको नाउँ र स्थायी राजधानी टुङ्गो लगाएको छ ।
अब प्रदेश नम्बर १ र २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्न बाँकी छ ।

×
Berita Terbaru Update