Notification

×

Iklan

Iklan

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई

Tuesday, October 6, 2020 | October 06, 2020 WIB Last Updated 2021-12-30T03:26:21Z

 बेनी

असोज २०


भौतिक शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार गरेको निर्णय अनुसार बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।



ब्ल्याकहोल र सापेक्षतावादको सिद्धान्तको अन्तर्सम्बन्ध पत्ता लगाउने बेलायती वैज्ञानिक रोजर पेनरोजलाई आधा र ग्यालेक्सीबारे अध्ययन गरेका गेन्जेल र घेजलाई बाँकी आधा गरी संयुक्तरुपमा तीन जनालाई यो पुरस्कार प्रदान गरिएको हो 



नोबेल कमिटीका अनुसार पेनरोजलाई ‘ब्ल्याक होल’को बनोट सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने कुरा पत्ता लगाए बापत नोबेल पुरस्कार प्रदान गरिएको हो ।


त्यस्तै, गेन्जेल र गेजलाई तारापुञ्ज (ग्यालेक्सी) को केन्द्रमा एउटा ‘सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्ट’ छ भन्ने कुरा पत्ता लगाएबापत भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो ।


पुरस्कार विजेताले गोल्ड मेडल र एक करोड स्विडिस क्रोनर प्राप्त गर्नेछन् ।


×
Berita Terbaru Update