Notification

×

Iklan

Iklan

नेपाली सेनाका दुई जवानमा कोरोना सङ्क्रमण

Tuesday, October 6, 2020 | October 06, 2020 WIB Last Updated 2021-12-30T03:26:21Z

 


बेनी

असोज २०


म्याग्दीमा नेपाली सेनाका दुई जनामा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित श्रीबक्स गुल्मको क्वारेन्टाइनमा बसेका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । 

तस्विरः वेबस्रोत



काठमाडौं र पर्साबाट सरुवा भई आएका उनीहरु गुल्मकै क्वारेनटाइनमा बसेका थिए । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार सेनाका दुई जवानमा कोरोना पुष्टि भएपछि उनीहरुलाई बेनीको शैक्षिक तालिम केन्द्रमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ ।


असोज १३ गते म्याग्दीमा आएर ब्यारेकभित्र रहेका ती जवानको१८ गते स्वाब सङ्कलन गरिएको थियो । यस अगाडि पोखराबाट सरुवा भई आएका एक प्रहरी जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । म्याग्दीमा विदेशबाट आएका ४९ जना र १ प्रहरी निको भएर घर फर्किएका छन् । नयाँ थपिएका समेत ६ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।


×
Berita Terbaru Update