Notification

×

Iklan

Iklan

राप्रपा अध्यक्ष कमल थापालाई एकाबिहानै कथा फुरेपछि...

Monday, July 12, 2021 | July 12, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार २९




राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको माधव नेपाल पक्षका २३ सांसदप्रति लघुकथामार्फत् व्यंग्य प्रहार गरेका छन् । विरोधीलाई जिताएर सगौरव घर फर्केका सेनानीको संज्ञा दिँदै अध्यक्ष थापाले माधव नेपाल र उनको समुहमाथि व्यङ्ग्य गरेका हुन् ।


‘को जित्यो को हा¥यो ?’ भन्दै थापाले एउटा देशको सेनापतिसँग असन्तुष्ट भएका २३ सेनानी विदेशी फौजसँग मिल्न गएको र सबैको सहयोग लिएर सेनपातिलाई पराजित गरेपछि सगौरव घर फर्केको विम्व प्रयोग गरेर लघुकथा लेखेका छन् ।


थापाको लघुकथा यस्तो छ, ‘एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्। ती असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए । अनि ‘पञ्च भलादमी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ, जित्यौँ’ भन्दै सगौरव घर फर्केछन् ।


राप्रपा अध्यक्ष थापाले ताजा जनादेशले मात्र मुलुकलाई निकास दिने धारणा निरन्तर व्यक्त गर्दै आएका छन् । उनले सर्वोच्चको सोमवारको फैसलालाई ‘गोरु व्याएको’ भन्दै व्यंग्य गरेका थिए ।


×
Berita Terbaru Update