Notification

×

Iklan

Iklan

बेनी बजारका एक पुरुषमा कोरोना संक्रमण

Saturday, October 17, 2020 | October 17, 2020 WIB Last Updated 2021-12-30T03:26:09Z
बेनी
कात्तिक १


बेनी नगरपालिका–७ का एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । गण्डकी पदेश स्वास्थ्य निर्देशनालय, पोखराबाट शनिबार पकाशित विज्ञप्ति अनुसार ४४ वर्षीय ती पुरुषमा कोरोना पुष्टि भएको हो । बेनी नगरपालिकाको ७ नम्बर वडा भनेको मुल बजार क्षेत्र हो ।




उपचारका लागि पोखरा गएका उनको पिसिआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका पमुख एकनारायण लम्सालले जानकारी दिए । उपचारका क्रममा पोखरा पुगेका बेला उतैतिर संक्रमण भएको हुन सक्ने पमुख लम्सालको भनाइ छ ।




यसैबीच पछिल्लो नतिजा अनुसार गण्डकी पदेशमा थप ७६ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीमा ५६, गोरखामा नौ, नवलपरासीमा पाँच, तनहुँमा तीन, स्याङ्जा र बागलुङमा दई दुई, लमजुङ र म्याग्दीमा एक एक जना संक्रमित थपिएका छन् ।
यो सहित गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ७७ पुगेको निर्देशनालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।


×
Berita Terbaru Update