Notification

×

Iklan

Iklan

दशैं तिहारका लागि म्याग्दीको कोसेलीः ‘मयाँले’ सार्वजनिक

Saturday, October 17, 2020 | October 17, 2020 WIB Last Updated 2021-12-30T03:26:09Z

 


बेनी

कात्तिक १


प्रमुख चाडपर्व नजिकिँदै गर्दा म्याग्दीबाट ‘मयाँले’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ । बडादशैंको पहिलो दिन, घटस्थापनाको अवसर पारी शनिबार बेनीबाट उक्त भिडियो सार्वजनिक गरिएको हो । 


“निकै राम्रो रेन्पोन्स पाइरहेका छौं,” यूवा निर्देशक एवं क्रिएटिभ मिडिया प्रा.लि. का सञ्चालक भूपेन बानियाँले भने, “यस वर्ष दशैं तिहार सम्बन्धी नयाँ एलबम बजारमा आएका छैनन् । त्यसैले पनि यसले बजार लिने विश्वास छ ।” 

कोरोना महामारीका कारण यस वर्ष मेलाजात्रा कम हुने र घरमै थुनिएका दर्शक÷श्रोताको मन बहलाउन नयाँ म्युजिक भिडियो सहयोगी बन्ने अपेक्षा पनि निर्देशक बानियाँले व्यक्त गरे ।


अघिल्ला वर्षहरुमा दशैं र तिहारलाई लक्षित गरी भिन्न भिन्न साङ्गतीकि कोसेली बजारमा आउने गरेकोमा यसपटक म्याग्दीले दुबै पर्वमा गाइने भाकालाई एउटै गीतमा उनेको छ । “सकेसम्म पुराना र मौलिक लोकभाकालाई समेट्न खोजिएको छ,” साङ्गीतिक संयोजक एवं गायक प्रकाश दूतराजले बताए ।


सदरमुकाम बेनी नजकिको ‘लभ्लीहिल’ र सो आसपासको क्षेत्रमा छायाङ्कन गरिएको छ । कलाकार ध्रुव जिसीले म्युजिक भिडियोलाई रुमानी शैलीमा प्रस्तुत गरिएकोले सबैखाले दर्शकले यसलाई मन पराउने अपेक्षा गरिएको बताए ।


क्रिएटिभ मिडियाको युटुब च्यानलमार्फत् बजारमा ल्याइएको एल्बममा म्याग्देली गायकगायिकाहरु सम्भोज मल्ल, धु्रव जिसी, प्रकाश दुतराज, विष्णु रिजाल, शान्ता बर्देवा, बसन्ती थापाको स्वर रहेको । छ । त्यसैगरी जीवन कार्की, सुनिल बानियाँ, निर्देश चोखाल, बाइक राइडर विविधजङ्ग थापालगायतको प्रस्तुतिले म्युजिक भिडियोलाई थप ओजिलो बनाएको छ ।


प्रकाश दुतराजको लय तथा सङ्गीत संयोजन रहेको गीतलाई अर्जुन थापाले एरेन्ज गरेका छन् ।


परम्परागत संस्कृतिमा स्थानीयता झल्किने गरी प्रस्तुत गरिएको साङ्गीतिक कोसेलीले यस वर्षको दशैं र तिहारको झल्को मेटाउने अपेक्षा गरिएको छ । 


×
Berita Terbaru Update