बेनी
कात्तिक २
बडादशैंलाई लक्षित गर्दै फोन पे पेमेन्ट सर्भिसले ‘फोन पे डाइरेक्टसँग, दशैं धन मौका’ योजना ल्याएको छ । यस योजना अन्तर्गत फोन पे डाइरेक्टमार्फत् बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ ।
शनिबारदेखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा पाँच लाख रुपैयाँ जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको बताइएको छ । यो योजनामा क्यूआर कोडमार्फत गरिने भुक्तानीलाई भने समावेश नगरिएको कम्पनीले बताएको छ ।
फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको कम्पनीको दाबी छ ।
बिजमान्डुको सहयोगमा
