Notification

×

Iklan

Iklan

मदन पुरस्कार विजेता बानियाँ भन्छन्ः “मेरो कलमले अकल्पनीय महत्व पायो”

Sunday, October 18, 2020 | October 18, 2020 WIB Last Updated 2021-12-30T03:26:08Z



बेनी 

कात्तिक २


२०७६ सालको मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले मदन पुरस्कार गुठीले आफ्नो लेखनलाई महत्वपूर्ण ठाउँ दिएको बताएका छन् । मदन पुरस्कार गुठीद्वारा आइतबार आयोजित भर्चुअल समारोहलाई सम्बोधन गर्दै उपन्यासकार बानियाँले यस्तो विचार व्यक्त गरेका हुन् । यसक्रममा बानियाँले आफ्नो लेखन र लेखनीलाई ‘ठुटे कलम’ को संज्ञा दिए ।





म्याग्दीको पुलाचौर स्थायी घर भई काठमाडौं बस्दै आएका बानियाँ पछिल्लो केही वर्षयता पोखरामा रही साहित्यसाधना गर्दै आएका छन् । म्याग्दीको सामाजिक परिवर्तन, शिक्षाको विकास, राजनीति र साहित्येतिहासको समुन्नतिमा बानियाँको महत्वपूर्ण योगदान रहिआएको छ । बानियाँको उपलब्धिबाट स्वदेश तथा विदेशमा रहने आमम्याग्देलीहरु निकै खुशी भएका छन् ।



सोही कार्यक्रममा बोल्दै जगदम्बाश्री पुरस्कार विजेता शान्ति ठटालले ‘साहित्य, सङ्गीत र कलाको कुनै साँध सीमा नहुने भन्दै पुरस्कृत गर्ने निर्णय गरेकोप्रति मदन पुरस्कार गुठीप्रति आभार व्यक्त गरेकी छिन। 



कोरोना महामारीका कारण पुरस्कार वितरणका लागि यसपटक भर्चुअल समारोह आयोजना गरिएको जानकारी दिँदै गुठीका अध्यक्ष कुन्द दीक्षितले छिटै नै पोखरा र सिलिगुढीमा स्रष्टाहरुसँग साक्षात्कार हुने विचार राखे ।




कार्यक्रमको शुरुमा भारतको नैतीतालका इतिहासकार डा. केशव पाठकले मदन पुरस्कार गुठी, नेपाल भारत सम्बन्धलगायतका विषयमा महत्वपूर्ण मन्तव्य राखेका थिए । पाठक हिमालय क्षेत्रको अध्ययन र अनुसन्धसानमा प्रसिद्ध व्यक्ति हुन् ।



गुठीका अध्यक्ष दीक्षितले काठमाडौंबाट सहजीकरण गरेको भर्चुअल समारोहमा भारतको नैेनीताल र सिलिगुढी तथा नेपालको पोखराबाट स्रष्टाहरुले आफ्नो मन्तव्य राखेका थिए ।


×
Berita Terbaru Update