बेनी
कात्तिक २
मङ्गला गाउँपालिका–५ अर्मन किमचौरकी सरु विकको उपचारका लागि मोना जापानको सेन्दाई शाखाबाट आर्थिक सहयोग प्राप्त भएको छ । संघका अध्यक्ष कमल बानियाँको अगुवाईमा सेन्दाइमा सङ्कलित रकम हस्तान्तरण गरिएको छ । जापानमा रहेका म्याग्देलीलगायतका विभिन्न जिल्लाका मनकारी दाताहरुले ‘सरु बचाउ अभियान’का लागि उक्त सहयोग गरेका हुन् ।
उक्त रकम संघका अध्यक्ष कमल बानियाँका श्रीमती चिना बानियाँले सरु बचाउ अभियानका अभियन्ता कुमार किसानलाई ७६ हजार ४ सय ५६ रुपैयाँ हस्तान्तरण गरिन् ।
सोही कार्यक्रममा बोल्दै अभियन्ता कुमार किसानले रक्त क्यान्सरका कारण आर्थिक अभाव भएपछि उपचारमा सघाउन अभियान शुरु गरेको जानकारी दिए । अहिले काठमाडौंस्थित कान्ति बाल अस्पतालबाट उपचार गराइरहेकी ९ वर्षीय सरुका लागि दैनिक रुपमा सेतो रगत, नियमित औषधिलगायतको व्यवस्था गर्दा परिवारलाई आर्थिक समस्या परेको किसानले बताए ।
उता, मोना सेन्दाईका अध्यक्ष कमल बानियाँले ‘सरु बचाउ अभियान’कै लागि भनेर आर्थिक सहयोग सङ्कलन गरिएको जानकारी दिए । “आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुन नपरोस् भनेर हामीले अभियान सञ्चालन गर्दै आएका छौं,” बेनपा–४ घर भई हाल जापानमा कार्यरत अध्यक्ष बानियाँले भने, “यो अभियान भोलिका दिनमा जारी रहन्छ ।”
विरामी बालिका सरुका काका सुर्ज विकका अनुसार उपचारका लागि करिव २० लाख लाग्ने बताइएको छ । अभियानबाट अहिलेसम्म ८ लाख रुपैयाँ सङ्कलन भएको र यसले उपचारमा सहयोग पुगेको जानकारी दिए ।
सरु बचाउ अभियानमा आर्थिक सहयोगीहरुः (रकम जापानी येनमा)
म्याग्दी प्रवासी नेपाली संघ (मोना)
क्षेत्रीय कमिटी,सेन्दाई जापान
२. प्रकाश हमाल , सिङ्गा म्याग्दी हाल नागोया जापान २,०००
३. हरि राई, खोटाङ हाल नागोया जापान १,०००
४. नवराज थापा, काठमाडौं हाल सेन्दाई जापान १,०००
५. क्षितिज थापा, बरङ्जा म्याग्दी हाल टोकियो जापान २,५००
६. पशुपति रेग्मी, नाग्लिबाङ्ग पर्वत हाल सेन्दाई जापान २,०००
७. राजन ढकाल, गोरखा हाल सेन्दाई जापान १,०००
८. युवराज अधिकारी , मोरङ हाल सेन्दाई जापान ३,३३३
९. अमृत पौडेल, सिङ्गा सुर्केमेला म्याग्दी हाल नागोया जापान २,०००
१०. बसन्त थापा, सिङ्गा बास्कुना हाल टोकियो जापान ३,०००
११. सबिन खतिवडा , नुवाकोट हाल सेन्दाई जापान १,००५
१२. योगेश कुमार खवाश, मोरङ हाल सेन्दाई जापान २,०००
१३. कमल हमाल, मुसिकोट रुकुम हाल सेन्दाई जापान १,५१५
१४. टेक खड्का, ताराखोला बाग्लुङ हाल टोकियो जापान ५,०००
१५. ज्ञानेन्द्र केसी कार्की , तोरीपानी घतान हाल टोकियो जापान ३,०००
१६. बिनोद चन्द, सेन्दाई जापान २,००१
१७. धनराज जोशी, बझाङ हाल सेन्दाई जापान १,०००
१८. ईन्दिरा तामाङ , काठमाडौं हाल सेन्दाई जापान २,०००
१९. ईश्वर अर्याल , चितवन हाल सेन्दाई जापान १,५००
२०. महेन्द्र चौहान , अर्घाखाची हाल सेन्दाई जापान १,००५
२१. दिपक खड्का , सिङ्गा म्याग्दी हाल टोकियो जापान ३,०००
२२. मनोज साप्कोटा , सिङ्गा म्याग्दी हाल टोकियो जापान ३,०००
२३. शुष्मा भुजेल, जिरी दोलखा हाल सेन्दाई जापान १,०००
२४. चन्द्र के सी, सिङ्गा म्याग्दी हाल टोकियो जापान ३,०००
२५. मुकेश कुवर , सिङ्गा म्याग्दी हाल अमेरिका रु ४,५००
२६. रुपा सम्बाहाङ्गफे, तेह्रथुम हाल टोकियो जापान २,०००
२७. राजेन्द्र चौधरी, कोहलपुर बाके हाल सेन्दाई जापान १,१००
२८. पाण्डप बोहरा, मुसीकोट रुकुम हाल सेन्दाई जापान ३,०००
२९. नरेश चम्लागाँई, पथरीशनिश्चरे मोरङ हाल सेन्दाई जापान १,०००
३०. किरण महत, हेटौडा मकवानपुर हाल टोकियो जापान १,००५
३१. सागर बोगटि , बेनपा(१ म्याग्दी हाल ओसाका जापान ३,०००
३२. प्रविण खत्री, भिरमुनी म्याग्दी हाल सेन्दाई जापान ३,०००
३३. कमल बानिया, सिङ्गा म्याग्दी हाल सेन्दाई जापान ३,०००
जम्मा नेपाली रुपैयाँः ७६,४५६