Notification

×

Iklan

Iklan

म्याग्दीका सहकारीबारे अन्तरक्रिया

Thursday, October 1, 2020 | October 01, 2020 WIB Last Updated 2021-12-30T03:26:25Z

 बेनी 

असोज १५


म्याग्दीमा सञ्चालित सहकारीहरुबारे बेनीमा अन्तरक्रिया गरिएको छ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र म्याग्दीका सहकारी सञ्चालकहरुबीच बिहीबार सहकारीबारे छलफल गरिएको हो ।


छलफलका क्रममा बोल्दै महासंघका उपाध्यक्ष मल्लले म्याग्दीमा सञ्चालित सहकारीहरुले सहकारी ऐन तथा नियमावली अनुसार संस्था सञ्चालन गर्न अनुरोध गरेकी थिइन् । सहकारीका सात सिद्धान्तबारे सबै सदस्यहरु जानकार हुनुपर्ने, नयाँ परिस्थितिमा सहकारीको क्षेत्र तथा करोबार बढाउनु पर्ने, सहकारीद्वारा उद्योग ग्रामहरु सञ्चालन गर्नुपर्ने, सहकारीमार्फत दक्ष जनशक्ति उत्पादन गरी रोजगारी प्रदान गर्नुपर्ने, स्थानीय सरकारहरुले केन्द्रीय सहकारी ऐनसँग नबाझिने गरी सहकारी ऐन तथा कानुन निमार्ण गर्नुपर्ने मल्लले जोड दिएकी थिइन् ।



सहकारी ऐन, नियमबारे सञ्चालकहरु नै अनभिज्ञ रहेको पाइएको भन्दै उपाध्यक्ष मल्लले भनिन्, “सहकारीहरुको अनुगमनबारे निर्देशिका बनेको छ । सोही आधारमा कुनै पनि समय सहकारीहरुको अनुगमन हुनसक्छ । कसैले पनि ऐननियमसँग बाझिने गरी संस्था सञ्चालन गर्न भएन ।”

छलफलमा बोल्दै सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले कोरोना भाइरसको महामारीका कारण जिल्लामा सञ्चालित सहकारीहरु समस्यामा परेको तर सरकारले सहकारी सञ्चालकलाई राहत पुग्ने गरी कुनै घोषणा नगरेको धारणा राखे । 

कार्यक्रममा जिल्लाभित्र सञ्चालित विभिन्न सहकारीका संञ्चालकहरुको सहभागिता रहेको थियो ।


×
Berita Terbaru Update