Notification

×

Iklan

Iklan

कालीगण्डकी सुकाउने गरी बिजुली निकाल्न सहमति दिइन्नः बेनी नगरपालिका

Wednesday, October 21, 2020 | October 21, 2020 WIB Last Updated 2021-12-30T03:26:03Z

 

बेनी 

कात्तिक ५


प्रस्तावित बेनी कालीण्डकी जलविद्युत् आयोजनाका लागि यथास्थितिमा सहमति दिन नसकिने बेनी नगरपालिकाले जानकारी दिएको छ । बुधबार बसेको नगर कार्यपालिकाको ६१औं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । ८ नम्बर वडाका अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले विद्युत् विकास विभागले निर्माण गर्ने भनेको उक्त आयोजनाले सदरमुकाम बेनी असापासको क्षेत्रमा वातावरणीय असर निम्त्याउने भएकोले सहमति नदिने निर्णय भएको जानकारी गराए । 




सदरमुकाम बेनीबजारबाट उत्तरतर्फ दुई किलोमिटरको दुरीमा अवस्थित ठूलो पहिरो  बेनपा ६ र ८ वडा तथा पर्वतको जलजला–२ को सीमा क्षेत्र पर्दछ । बेनी–गलेश्वरको बीचमा पर्ने ठूलोपहिरो क्षेत्रमा बाँध बाँधेर सुरुङमार्फत् पर्वतको मिलनचोकमा पु¥याई विद्युत् उत्पादन गर्ने विभागको योजना छ । 


“विद्युत् विभागले प्रस्ताव गरेअनुसार आयोजना बन्दा सदरमुकाम बेनीबजार र आसपासको क्षेत्रमा नरम्रो असर पर्ने देखिएपछि,” पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता बराईलीले भने, “एउटा आयोजनाका कारण सदरमुकामको वातावरणीय सौन्दर्य नासिने गरी सहमति दिन नसक्ने निर्णय भएको छ ।” बुधबारको निर्णयका बारेमा छिट्टै विभागलाई जानकारी गराइने उनको भनाइ थियो ।




जिल्ला सदरमुकाम समेत रहेको बेनी हुँदै बग्ने नदीको अधिकांश पानीलाई सुरुङबाटै लैजाँदा बजार क्षेत्रको पर्यावरणीय पक्षमा हानी पुग्ने र तापक्रम समेत बढ्न गई बजार क्षेत्रको जजनीवन नै प्रभावित हुने देखिएपछि यस्तो निर्णय गरिएको नगरपािलकाको भनाइ छ । 


आयोजनाले पठाएको पत्रबारे छलफल गर्न यसअघि बेनी नगरपालिकाले मङ्गलबार सरोकारवालाहरुको भेलाबाट सुझाव सङ्कलन गरेको थियो । सो भेलाले पनि प्रस्तावित डिजाइ परिवर्तन गरी विभागले राहुघाट जलविद्युत्को आउटलेटभन्दा माथिबाट बाँध बनाउन तयार भए सहमति दिन सकिने तर, धार्मिक र पर्यावरणीय महत्वको कालीगण्डकी नदी सुकाएर बिजुली उत्पादन गर्नु उपयुक्त नहुने सुझाव दिएको थियो । 


सरोकारवालाको उक्त सुझावमाथि टेकेर नगरपालिकाले सहमति दिन नसकिने भनदै भोलिपल्टै निर्णय गरेको बुझिएको छ । 


×
Berita Terbaru Update