Notification

×

Iklan

Iklan

‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका म्याग्दीका पाँच जना सङ्क्रमित

Thursday, October 22, 2020 | October 22, 2020 WIB Last Updated 2021-12-30T03:26:03Z

 बेनी 

कात्तिक ६



पछिल्लो २४ घण्टामा म्याग्दीका पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग केन्द्रमा भएको पिसिआर परीक्षणको नतिजाअनुसार बेनी अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी र मङ्गला गाउँपालिकामा कार्यरत तीन जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । 




स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार सङ्क्रमित हुनेमा बेनी अस्पतालमा कार्यरत २१ र २७ वर्षका दुई जना महिला कर्मचारी रहेका छन् भने मङ्गला गाउँपालिकामा कार्यरत २४, २८ र ३५ वर्षीय पुरुष तीन कर्मचारी रहेका छन् ।


सङ्क्रमण पुष्टि भएका पाँचै जना कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । उपचारका लागि अस्पतालमा आएका सङ्क्रमित विरामी र मङ्गला गाउँपालिकामा कार्यरत एक जना सङ्क्रमित कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ४८ जनाको स्वाब सङ्कलन गरी यही कात्तिक २ गते परीषणका लागि पठाइएकोमा पाँच जनामा भाइरसको आक्रमण भएको पाइएको हो । 





सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई आइसोलेस र होम आइसोलेसनमा राख्ने तयारी गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले जानकारी दिए । 



म्याग्दीबाट अहिलेसम्म जम्मा १ हजार ८ सय ३० जनाको स्वाब सङ्कलन गरी परीषणका लागि पठाइएकोमा १ हजार ७ सय ८० जनाको नतिजा आइसकेको छ । त्यसमध्ये १ हजार ६ सय ७८ जनाको नेगेटिभ, १०१ जनाको पोजेटिभ (दोस्रो र तेस्रोसमेत गरी) देखिएको छ । स्वाब सङ्कलन गरिएका मध्ये ५० जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।


×
Berita Terbaru Update