Notification

×

Iklan

Iklan

आगामी महिना कोरोनाको समस्या थपिन्छः विश्व स्वास्थ्य सङ्गठन

Saturday, October 24, 2020 | October 24, 2020 WIB Last Updated 2021-12-30T03:25:58Z


बेनी

कात्तिक ९


विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड–१९को समस्या थपिने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेका छन् ।    


    



महानिर्देशक गेब्रेयसले विश्वमा कोरोना भाइरसको महामारीको समस्या समाधान नभइसकेको बरु कतिपय देशहरुमा अझै बढ्दै गएको भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने बताएका हुन् ।    


उनले शुक्रबार आयोजित एक भर्चुअल बैठकमा सम्बोधन गर्दै थिए । यसक्रममा गेब्रेयसले भने,“कतिपय उत्तरी गोलाद्र्धका देशहरुमा यो समस्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै समस्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ ।”    


विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिनहरु थप समस्यग्रस्त हुनसक्ने भन्दै अहिले हामी महामारीको निकै समस्याको अवस्थामा रहेको उनको भनाइ थियो ।

    

हालैमात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।  


अनलाइनस्रोतको सहयोगमा  

    


×
Berita Terbaru Update