बेनी
कात्तिक १०
विजयादशमीको अवसरमा टीका लगाइदिँदा यी मन्त्रले आशीर्वाद दिने गरिन्छः
![]() |
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दूर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते ।
सद्ज्ञाने विदुरे भवन्तु भवताम् कीर्तिश्च नारायणे ।।
(अश्वत्थामा जस्तो दीर्घायु हुनु, अयोध्याका राजा दशरथको जस्तो वैभवशाली बन्नू, शत्रुनास गर्न भगवान् श्रीरामजस्तै सफल हुनू, नहुष राजाले जस्तै स्वर्गीय ऐश्वर्य प्राप्त गर्नू, हावाजस्तै गतिशील भैरहनू, दूर्योधनले जस्तो मानमर्यादा पाइरहनू । भीष्मजस्तो पराक्रमी बन्नू, मथुराका बलरामजस्तो बलियो हुनू, युधिष्ठिर राजाजस्तो सत्यवादी बन्नू, विदुरले जस्तै ज्ञानलाई व्यवहारमा उतार्नू, भगवान् श्रीनारायणको जस्तो यश, कीर्ति र प्रतिष्ठा प्राप्त गरिरहनू ।)
२. जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
बडादशैंको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकाजमरा र आशीर्वाद थाप्ने हिँड्नेको बाटो, सवारी साधन आदिमा भीड लाग्ने गर्दछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएका कारण सरकारले सकेसम्म आफ्नो परिवारका सदस्यमा सीमित रही पर्व मनाउन आग्रह गरेको छ ।
