बेनी
कात्तिक १२
गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले मङ्गलबार एक विज्ञप्ति जारी उक्त जानकारी दिएका हुन् ।
थप सङ्क्रमित हुनेमा नवलपुरका ५५ जना, कास्कीका ९ जना, बागलुङका ५, म्याग्दीका ४, स्याङ्जाका ३ र तनहुँ जिल्लाका २ जना रहेका छन् । सङ्क्रमित सबैलाई आइसोलेसन केन्द्रमा व्यस्थापन गरिएको पनि निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा हालसम्म पाँच हजार ७ सय ६० जना सङ्क्रमणमुक्त भएका छन् ।
म्याग्दीका ४ जना को हुन् ?
गण्डकी स्वास्थ्य निर्देशनालय, पोखराको पछिल्लो विवरण अनुसार सङ्क्रमण पुष्टि भएका म्याग्दीका चार जनामध्ये दुई जना धौलागिरी गाउँपालिका र दुई जना मङ्गला गाउँपालिकाका छन्।
सङ्क्रमितमध्ये धवलागिरी–७ धारापानीका ४९ र ५९ वर्षका दुई बहिनी छन् । त्यसैगरी मङ्गला गाउँपालिकामा कार्यरत ४८ वर्षीय पुरुष र ५० वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ ।
सङ्क्रमित चारै जना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।