बेनी
असोज २९
म्याग्दीका थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । क्वारेनटाइनमा बसेका र उपचारका लागि अस्पताल पुगेकाहरुको पीसीआर परीक्षणका क्रममा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये बेनी नगरपालिकाका २४ वर्षीय युवा नेपाली सेनामा कार्यरत रहेको, जलजला गाउँपालिका–३ घर भई बेनी बस्ने ४९ वर्षीय पुरुष र रघुगङ्गा गाउँपालिका–५ बस्ने ४३ वर्षीय पुरुषमा सङ्क्रमण लक्षण देखिएपछि उनीहरु एपचारका लागि बेनी अस्पतालमा आएपछि । त्यहाँबाट उनीहरुको स्वाब सङ्कलन गरी परीषणको लागि पोखरा पठाइएकोमा पिसिआर रिपोटै पोजेटिभ आएको हो ।
त्यसैगरी जलजला घर भएका पुरुष जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लसँगको कन्ट्र्याक्ट ट्रेसिङमा परेको र रघुगङ्गा–५ उल्लेख भएका व्यक्ति रघुगङ्गा जलविद्युत आयोजनामा काम गर्ने भारतीय नागरिक भएको थाहा भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।