बेनी
कात्तिक ४
बेनी अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना भाइरसको सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय, पोखरमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । अस्पतालमा उपचारका लागि आएका विरामसितको कन्ट्र्याक्ट ट्रेसिङमा परेका चिकित्सकलाई कोरोनाको सङ्क्रमण भएको छ । उपचारका लागि अस्पताल आएका विरामीमा कोरोना देखिएपछि उनी अस्पतालमै ‘होम आइसोलेसन’मा रहेका थिए ।
उपचरका लागि असोज २६ गते बहिरङ्ग सेवामा पुगेका पर्वतको जलजला–३ का ४९ वर्षीय पुरुष र रघुगंगा–५ स्थित रघुगङ्गा हाइड्रोपावरमा कार्यरत ४३ वर्षीय पुरुषलाई कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले आफै पोखरामा पुगी पिसीआर परीक्षणको लागि नमुना सङ्कलन गराएका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कन्ट्रयाक्ट ट्रेसिङमा परेका स्वास्थ्यकर्मी अस्पतालभित्रै क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् ।
सङ्क्रमण समुदायस्तरमै !
म्याग्दीमा पछिल्लो केही दिनयताका नतिजाले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै पुगेको आशङ्का हुनथालेको छ । जिल्लाको विभिन्न गाउँपालिकामा देखिएका सङ्क्रमण, तिनको नजिक पुगेका आफन्त वा उपचार गर्ने डाक्टरसमेत सङ्क्रमित देखिन थालेपछि यस्तो जोखिम देखिएको हो ।
म्याग्दीमा अहिलेसम्म ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये जिल्लाबाटै स्वाब सङ्कलन गरी पठाइएका नमुनाबाट ६८ जना र अन्यत्रबाट पिसिआर परीक्षण गराएकाहरुमा कोरोना पुष्टि भएको हो ।