Notification

×

Iklan

Iklan

दगनामका पहिरो पीडितलाई राहत वितरण

Thursday, October 8, 2020 | October 08, 2020 WIB Last Updated 2021-12-30T03:26:19Z

बेनी

असोज २३


रघुगङ्गा गाउँपालिका–४ दग्नामका पहिरो पीडितलाई राहत वितरण गरिएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)को पहलमा दग्नामका पहिरोपीडित २४ घरपरिवारलाई राहत वितरण गरिएको हो । 


क्षतिको आधारमा पीडितलाई चार किसिममा वर्गीकरण गरी राहत वितरण गरिएको नेपाली कांग्रेस म्याग्दीले जानकारी दिएको छ ।



क, ख, ग र घ वर्गमा विभाजन गरिएका पीडितलाई क्रमशः १० हजार ५ सय, ६ हजार ५ सय, २ हजार ५ सय र १ हजार ५ सयका दरले राहत वितरण गरिएको हो।

 

गाउँपालिकाका उपाध्यक्ष कमला गर्बुजा र वडा अध्यक्ष एकबहादुर गर्बुजाको उपस्थितिमा राहत वितरण गरिएको थियो ।


यस वर्ष मराङ, बिम, दानालगायतका ठाउँमा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको थियो । 

×
Berita Terbaru Update