Notification

×

Iklan

Iklan

चीनमा ७६ सय टनको भवन ६२ मिटर सारियो

Monday, October 26, 2020 | October 26, 2020 WIB Last Updated 2021-12-30T03:25:57Z

 

बेनी 

कात्तिक ११


चीनको शङ्घाई सहरका इन्जिनियरहरुले सात हजार ६ सय टनको एक विशाल भवनलाई त्यो रहेको ठाउँबाट अन्तै सारेका छन् । 




सन् १९३५ मा बनेको शङ्घाईको लागेना प्राथमिक विद्यालयको पाँच तले भवनलाई इन्जिनियरहरुले प्रविधिको प्रयोग गरेर अन्यत्रै सारेका हुन् । 


स्थानीय प्रशासनका अनुसार यो भवन रहेको नजिकै एक नयाँ विषयमा काम सुरु गर्नुपर्ने भएकोले विद्यालयको भवन अन्यत्रै सार्ने निर्णय लिइएको हो ।


चीनका इन्जिनियरहरुसँग यो भवन ढाल्ने विकल्प पनि थियो तर उनीहरुले यस ऐतिहासिक भवनलाई त्यो रहेको ठाउँबाट अन्यत्रै सार्ने निर्णय लिएका हुन् । 


चीनको सरकारी सञ्चारमाध्यमका अनुसार इन्जिनियरहरुको एक टिमले प्राविधिक सहयोगबाट भवनलाई उठाएको र एक सय ९८ खुट्टे रोबोटको सहयोगमा केही पर सारेका हुन् । 


स्थानीय सञ्चारमाध्यमका अनुसार कङ्क्रिटबाट बनेको हजारौं टनको यो भवनलाई यसको मूल ठाउँबाट झण्डै ६२ मिटर पर सारिएको हो ।  यस भवनलाई एक ठाउँबाट अर्को ठाउँमा सार्नका लागि १८ दिन लागेको बताइएको छ ।  


साङ्घाईका इन्जिनियरहरुले यसअघि पनि प्रविधिको प्रयोग गरी भवन सारेका थिए । सन् २०१७ मा एक सय ३५ वर्षअघि बनेको र झण्डै दुई हजार टन तौल भएको एक ऐतिहासिक बौद्ध मन्दिरलाई त्यसको मूल ठाउँबाट झण्डै ३० मिटर पर सारेका थिए ।


पुरातात्विक सम्पदाको संरक्षणमा चिनियाँ इन्जिनियरहरुको रचनात्मक कामलाई नेपालका इन्जिनियरहरुले पनि सिक्दा फरक नपर्ने जानकारहरु बताउँछन् ।


एजेन्सीको सहयोगमा


×
Berita Terbaru Update