Notification

×

Iklan

Iklan

कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण

Monday, October 26, 2020 | October 26, 2020 WIB Last Updated 2021-12-30T03:25:56Z

 

बेनी

कात्तिक ११


कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा पिसिआर रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् ।




गजुरेलका दाजुलाई पनि यसअघि संक्रमण भएको थियो । दाजुलाई अस्पताल लैजाने–ल्याउने गर्दा उनलाई संक्रमण भएको हुनसक्ने बताइएको छ । । गत विहीबारदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पिसिआर परीक्षण गराएका थिए । सोमबार त्यसको नतिजा आउँदा गजुरेल सङ्क्रमित पाइएका हुन् ।


“मलाई अहिले गाह्रो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु,” उनले सामाजिक सन्जालमा लेखेका छन् । उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताएका छन् । 


“मलाई बिश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जाभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली इम्युन सिस्टममा स्वागत गरिसकेको छु,” गजुरेलले लेखेका छन्, “तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जित र भाइरसको हार झन् चाँडो हुनेछ ।”


गजुरेलले अरुलाई पनि सचेत रहन, सङ्क्रमण पुष्टि भैहाल्यो भने पनि नआत्तिन र चिकित्सकको सम्पर्कमा रहन सुझाव दिएका छन् । “‘सङ्क्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ देखिई हालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ ।”


×
Berita Terbaru Update