Notification

×

Iklan

Iklan

कृषि विकासको योजना बनाउन तालिम

Monday, April 12, 2021 | April 12, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

चैत ३०




म्याग्दी सदरमुकाम बेनीमा आइतबारदेखि कृषि विकास योजना तर्जुमा, तथ्याङ्क व्यवस्थापन तथा किसान सुचीकरणसम्बन्धी तालिम शुरु भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश र टिसिएफ टु एडिएसको आयोजनामा तालिम सञ्चालन गरिएको हो । 


स्थानीय तहमा कार्यरत कृषि र पशु शाखाका प्राविधिकहरुको क्षमता अभिवृद्धि, कृषि तथा पशु क्षेत्रलाई व्यवस्थित र समुचित योजना तर्जुमा गर्ने उद्देश्यले तालिम चलाइएको आयोजकले जनाएको छ । तालिम अवधिभरमा योजना तर्जुमा, उच्च मूल्यमा बाली र पशुको छनोट, समस्याको विश्लेषण, अवसर, चुनौती, राष्ट्रिय योजना आयोगको योजना तयार गर्ने फम्र्याटको प्रयोग, किसान सुचीकरणको जानकारी गराउने, अनलाइन भर्ने र तथ्याङ्क व्यवस्थापनलगायत विषयहरुमा सहजीकरण भैरहेको छ । 




तालिमको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशु विकास अधिकृत डाक्टर सुनिल न्यौपाने, एडिएस विज्ञ मिनप्रसाद बुढाथोकी र कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी गोविन्द पाण्डेले सहजीकरण गरिरहेको आयोजकले बताएका छन् । तीन दिनसम्म सञ्चालन हुने तालिममा म्याग्दी र मुस्ताङ जिल्लाको ११ वटा स्थानीय तहका २२ जनाको सहभागिता रहेको छ । 



×
Berita Terbaru Update