Notification

×

Iklan

Iklan

ताकमकोटमा जगन्नाथ र अन्नपूर्णाको मूर्ति स्थापना

Wednesday, April 28, 2021 | April 28, 2021 WIB Last Updated 2021-12-30T03:23:18Z

 बेनी

वैशाख १५




पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटमा भगवान् जगन्नाथ र माता अन्नपूर्णाको मूर्ति स्थापना गरिएको छ । गत वर्षमात्र पुनर्निर्माण सम्पन्न भएको धार्मिक तथा ऐतिहासिक महत्वको कोट मन्दिरमा गत शनिबार एक कार्यक्रमको आयोजना गरी दुबै मूर्तिको प्राणप्रतिष्ठापन गरिएको हो ।


मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले करिब ८ लाख रुपैयाँको लागतमा भगवान् जगन्नाथ र माता अन्नपूर्णाको मूर्ति स्थापना र प्राणप्रतिष्ठा गरिएको जानकारी दिएका छन् ।




पञ्चधातुको प्रयोग गरिएका ६०/६० किलोग्राम तौल र ४२ इन्च उचाइका रहेको मन्दिर पुनर्निर्माण समितिले जनाएको छ ।


पुनर्निर्मित जगन्नाथ मन्दिरमा प्रतिष्ठापन गर्नुपूर्व स्थानीय बासिन्दाको सहभागितामा भजनकीर्तन, राधाकृष्ण नाच र रथयात्रासहित मूर्तिलाई जगन्नाथ कोट परिसरमा पु¥र्याई वैदिक विधि अनुसार प्राण प्रतिष्ठा गरिएको पण्डित दण्डपाणि पौडेलले जानकारी दिए ।




मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष थापाका अनुसार मूर्ति निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका सहयोगदाताहरुबाट चन्दा सङ्कलन गरिएको थियो ।


पुरातत्व विभागको अनुमति र उसैको डिजाइन स्टिमेट अनुसार कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ ।


म्याग्दीका प्रमुख शक्तिपीठमध्येको एक ताकमकोटस्थित जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाअर्चना गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । 


मन्दिरका पुजारी हेमनाथ पौडेलका अनुसार ताकमकोटमा नवदुर्गा, जेष्ठी पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । 


समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको ताकमकोटबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।



×
Berita Terbaru Update