बेनी
असोज २५
नेपाल राष्ट्र बैंकले विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्नेसँग अतिरिक्त शूल्क नलिन निर्देशन दिएको छ । भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा थप शूल्क नलिन बैंकले कडाइ गरेको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा कुनै पनि अतिरिक्त शूल्क नलिन सम्बन्धित सेवा प्रदायकलाई निर्देश गरिएको छ । कोरोना महामारीका बेला भएकाले सरकारी राजश्व तिर्न सहज बनाउन पनि शूल्क नलाग्ने निर्देशन दिइएको कँडेलको भनाइ छ ।
कारोबारका आधारमा भुक्तानी सेवा प्रदायकहरुले ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म थप शूल्क लिने गरेकोमा राष्ट्र बैंकको निर्देशन पछि त्यस्तो गर्न पाउने छैनन् ।
