Notification

×

Iklan

Iklan

म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण

Thursday, October 1, 2020 | October 01, 2020 WIB Last Updated 2021-12-30T03:26:25Z

 बेनी 

असोज १५


म्याग्दीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आई बेनीको क्वारेन्टाइनमा बसेका तीन जनाको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । कोरोनाविरुद्धको लडाइँमा अगाडि रही काम गर्ने स्वास्थ्यकर्मी, जोखिमयुक्त जिल्लाबाट आएका व्यक्ति र शंकास्पद विरामीसहित ४३ जनाको नमुना सङ्कलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखरामा परीक्षणका लागि पठाइएको थियो ।

त्यसमध्ये भारतबाट आएका ३ जनामा पोजेटिभ र अरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जानकारी दिएको छ । निमित्त कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार संक्रमित हुनेमा अन्नपुर्ण गाउँपालिका–६ का ४५ वर्षीय महिला र सोही वडाका १८ वर्षका पुरुष र मालिका गाउँपालिका–६ का २० वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई बेनीको आइसोलेसन केन्द्रमा राखिएको लम्सालले जानकारी दिए ।



यसैबीच कोरना संक्रमण पुष्टि भई आईसोलेसनमा बसेका बेनी नगरपालिका–३, दुधेखोलाका युवासहित उनको सम्पर्कमा रहेका १८ जना व्यक्तिहरुकोे पिसिआर रिपोर्ट नेगेटिभ आएको कार्यालयले जानकारी दिएको छ ।


म्याग्दीमा हालसम्म १ हजार ६ सय २२ जनाको नमुना सङ्कलन गरी पठाएकोमा १५२४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जम्मा ५३ जनामा संक्रमण पुष्टि भएकामध्ये ४९ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।


×
Berita Terbaru Update