बेनी
असोज २३
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दबैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको छ । बिहीबार बसेको समितिको बैठकले नेपाल सहित विश्वभरका २४ देशमा बस्दै आएका नेपालीहरुका लागि दशैंको उत्तम साइत सार्वजनिक गरेको हो ।
विभिन्न देशमा बसोबास गर्नेहरूबाट दशैंको टीकाको साइतबारे माग भएकोले समितिले तारिखसहित देशअनुसार स्थानीय समय पनि तय गरिदिएको समितिको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित देशको स्थानीय समयअनुसार दशैंको उत्तम साइत समितिले तय गरेको हो ।
समितिका सभापति प्राध्यापक डा. माधव भट्टराईको हस्ताक्षर रहेको विज्ञप्तिमा
नेपालसहित २४ देशमा रहेका नेपालीका लागि दशैंको उत्तम साइत तय गरेको उल्लेख छ ।
अधिकमास परेका कारण यस वर्षको बडादशैं कात्तिक १० गते परेको छ ।