बेनी
असोज २७
कन्ट्याक्ट ट्रेसिङमा परेका देविस्थान पन्थोकका सात जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, पोखराले मङ्गलबार जारी गरेको सूचना अनुसार म्याग्दीका सात जनाको रिपोर्ट नेगेटिभ देखिएको हो ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोक घर भई उपचारका लागि पोखरा गएकी ३५ वर्षीय महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको ‘कन्ट्याक्ट ट्रेसिङ’मार्फत् स्वाब सङ्कलन गरिएको जनस्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
ती महिलाको सम्पर्कमा आएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि उनलाई पोखराका अस्पताल उपचार सेवा लिनेक्रममा पोखरामा नै सङ्क्रमण भएको हुन सक्ने स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीमा हालसम्म १ हजार ४ सय ५४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ३ ७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

