बेनी
कात्तिक ५
पछिल्लो २४ घण्टामा म्याग्दीमा थप एक सहित पर्वतको जलजला गाउँपालिकामा थप १६ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षयरोग उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणबाट उक्त नतिजा आएको हो ।
सङ्क्रमित हुनेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३१ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी पर्वतको जलजला गाउँपालिकाका थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ठेगाना नखुलेका १६ जनामध्ये २० र ३८ वर्षका दुई महिलाहरु छन् भने १२ देखि ८४ वर्ष उमेरसमूहका पुरुष रहेको निर्देशनालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो नतिजासँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ६ हजार १४३ पुगेको पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।