Notification

×

Iklan

Iklan

कोभिड–१९ः एकै दिनमा ५७४३ जनामा सङ्क्रमण पुष्टि

Wednesday, October 21, 2020 | October 21, 2020 WIB Last Updated 2021-12-30T03:26:04Z

बेनी

कात्तिक ५



पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् ।
 



एकै दिनमा थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएका २० हजार बढी पिसिआर परीक्षणबाट उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको छ । 


 यीसहित हालसम्म सङ्क्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । यसमध्ये पछिल्लो पटक २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।


×
Berita Terbaru Update