Notification

×

Iklan

Iklan

म्याग्दीका एक कोरोना सङ्क्रमितको निधन

Tuesday, October 20, 2020 | October 20, 2020 WIB Last Updated 2021-12-30T03:26:05Z

 बेनी 

कात्तिक ५



म्याग्दीका एक जना कोरोना सङ्क्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आईसियु)मा उपचाररत धवलागिरी गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मङ्गलवार राति ८ः२५ बजे निधन भएको हो ।




पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा गत असोज २९ गते कोरोना सङ्क्रमण भएपछि केन्द्रको सघन उपचार कक्षमा भर्ना गरी उनको उपचार शुरु गरिएको थियो । विज्ञप्तिमा उल्लेख भए अनुसार मृतकमा कोरोना भाइरसको सङ्क्रमणसँगै दुबै फोक्सोमा निमोनिया तथा मृगौलाको समेत सङ्क्रमण देखिएको थियो । 


केही समयपहिले काठमाडौंबाट घर आएका उनी विरामी भएपछि उपचारको लागि पोखरा लगिएको थियो । त्यसक्रममा स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।


×
Berita Terbaru Update