Notification

×

Iklan

Iklan

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल निर्वाचित

Wednesday, October 14, 2020 | October 14, 2020 WIB Last Updated 2021-12-30T03:26:13Z


बेनी

असोज २८


नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानबाट नेपाल निर्वाचित भएको हो ।


१९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव अधिकार परिषद्मा तीन वर्षको कार्यकालका लागि निर्वाचित गरेको हो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।



नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्मा नेपालको यो दोस्रो कार्यकाल हो । परिषद्मा कुनै एक राष्ट्र दुई पटकसम्म निवार्चित हुन सक्ने प्रावधान छ । 


परिषद्मा नेपालसँगै चीन, रुस, फ्रान्स, बेलायत, पाकिस्तान, क्यूबा लगायत ४७ देश निर्वाचित भएका छन् । भौगोलिक क्षेत्रको आधारमा हुने निर्वाचनमा नेपाल एसिया– प्रशान्त क्षेत्रबाट निर्वाचित भएको हो ।


नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो ।

×
Berita Terbaru Update