बेनी
असोज २८
म्याग्दी कारागारमा रहेका कैदीबन्दीलाई म्याग्दी जेसीजले खेलकूद सामग्री सहयोग गरेको छ । बुधबार कारागारमा पुगेर सहयोग हस्तान्तरण गरिएको जेसीजले जनाएको छ ।
दशैंतिहारको अवसरमा कैदीबन्दीले आयोजना गर्ने आन्तरिक खेलकूद प्रतियोगितामा सहज होस् भनेर १२ हजार रुपैयाँ बराबरको नेट, बल लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा शाखा अध्यक्ष सुजन बरुवाल, निवर्तमान अध्यक्ष खम थापा मगर, कार्यक्रम संयोजक विरेन्द्र श्रेष्ठलगायत जेसीजका पदाधिकारीहरु सहभागी थिए ।
म्याग्दी कारागारमा अहिले १२६ जना कैदीबन्दी रहेका छन् ।
राष्ट्रिय उपाध्यक्षमा बरुवालको दावेदारी
यसैबीच म्याग्दी जेसीजका वर्तमान अध्यक्ष सुजन बरुवालले जेसीजको राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । सन् २०२१ का लागि हुने नेपाल जेसीजको राष्ट्रिय निर्वाचनमा म्याग्दीका बरुवालले उम्मेदवारी घोषणा गरेका हुन् ।
शाखा अध्यक्ष बरुवाललाई राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारका रुपमा प्रस्तुत गर्ने म्याग्दी सीजको पाँचौ बोर्ड बैठकको निर्णयपछि बरुवालले औपचारिक रुपमा दावेदारी प्रस्तुत गरेको बताइएको छ।
नेपाल जेसीजको ४७ राष्ट्रिय महाधिवेशन आगामी पुस १ देखि ४ गतेसम्म बुटवलमा गर्ने निर्णय भएको छ । त्यसका लागि अक्टोवर ५ देखि नोभेम्बर १ तारिखसम्म अनलाइनमार्फत् मनोनयन दर्ता आह्वान गरिएको छ ।
नेपाल जेसीजमा यस अघि म्याग्दीका धनञ्जयकुमार श्रेष्ठले राष्ट्रिय अध्यक्ष पदमा रही काम गरिसकेका छन् ।