बेनी
असोज २५
म्याग्दीका एकेन्द्रबहादुर रावल र रामबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा छनोट भएका छन् । राप्रपाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार म्याग्दीका रावल र शाही पनि केन्द्रीय सदस्यमा छानिएका हुन् ।
राप्रपाका अध्यक्षत्रय पशुपतिशमसेर राण, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा सहभागी बैठकले एकीकरणपछिको केन्द्रीय कार्यसमिति विस्तार गरेको छ । यसक्रममा मौजुदा ३२७ सदस्यमा ४ सय थपेर केन्द्रीय कार्य समितिको संख्या ७२७ पु¥याएको छ । पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार केन्द्रीय कार्य समिति विस्तार गरिएको राप्रपाले जनाएको छ ।
असअघि राप्रपाको केन्द्रीय उपाध्यक्षमा पूर्वमन्त्री भीमप्रसाद गौचन र कार्यालयभित्रको जिम्मेवारीमा जगत् गौचन क्रियाशील छन् ।
