बेनी
असोज २७
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मङ्गलबारको पत्रकार भेटघाटमा उक्त जानकारी गराएका हुन् ।
सङ्क्रमितमध्ये २ हजार १ सय २९ जना काठमाडौं उपत्यकाका मात्रै छन् ।
योसँगै नेपालमा सङ्क्रमित हुनेको संख्या १ लाख २१ हजार ३५८ पुगेको छ । त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको संख्या पनि ७८ हजार ७ सय ८० पुगेको छ । पछिल्लो २४ घन्टामा १५०३ जना डिस्चार्ज भएका छन् ।
