Notification

×

Iklan

Iklan

मङ्गलामा ‘कोरोना अस्पताल’ तयार

Friday, October 23, 2020 | October 23, 2020 WIB Last Updated 2021-12-30T03:26:00Z


बेनी

कात्तिक ७


म्याग्दीको मङ्गला गाउँपालिकामा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल तयार भएको छ । गाउँपालिकाको अर्मन स्वास्थ्य चौकीमा ५ शैयाको अस्थायी अस्पताल तयार भएको अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए । 




“स्वास्थ्य चौकीको नियमित सेवालाई कुनै असर नपर्नेगरी अस्थायी अस्पताल तयार भएको छ”, अध्यक्ष रोकाले भने, “सङ्क्रमित घरमा बस्न नसक्ने अवस्था आएपछि अस्पतालमा लैजाने व्यवस्था मिलाइएको छ ।”


गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सूचना भैसकेको र जतिसक्दो छिटो नियुक्ति गरिने जानकारी दिइन् ।


कोरोना महामारी देशव्यापी बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुविधा नपुगेका ठाउँमा अस्थायी अस्पताल बनाउने गरी बजेटको व्यवस्था गरेको थियो । 


“अस्पताल बनाउन हामीलाई १० लाख बजेट निकासा भएको थियो,” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले भने, “निर्देशिकामा उल्लेख भएअनुसार पूर्वाधार, जनशक्ति र औषधीमा खर्च हुने गरी तयारी गरेका छौं ।”



यसैगरी गाउँपालिकाका जनप्रतिनिधिले पाउने पर्वभत्तालाई कोरोना अस्पतालमा ५ शैया थप्ने र अक्सिजन सिलिण्डर खरिदमा खर्च गरिने बताइएको छ । 


मन्त्रालयले पठाएको निर्देशिकामा अस्थायी कोरोना अस्पतालका लागि एक जना मेडिकल अफिसरसहित २ जना स्टाफ नर्स र एक कार्यालय सहयोगी गरी ४ जना जनशक्ति रहने उल्लेख छ । 


म्याग्दीमा बेनी नगरपालिका बाहेकका पाँचओटा स्थानीय तहमा अस्थायी कोरोना अस्पतालका निर्माण गर्न बजेट प्राप्त भएको छ । अस्थायी अस्पतालका लागि तत्काल ३ महिना करारमा जनशक्ति व्यवस्थापन गर्ने गरी गाउँपालिकाहरुले सूचना निकालिसकेका छन् ।


×
Berita Terbaru Update