बेनी
कात्तिक ७
बडादशैंको सातौ दिन आज देशभरका शक्तिपीठहरुमा फूलपाती भिभित्र्याइँदै छ । आश्विन शुक्ल सप्तमी तिथी अर्थात् आजकै दिन कालरात्री स्वरुपा भगवतीको पूजा पनि गरिन्छ ।
![]() |
| कालरात्री भगवती |
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा ल्याउनु नै फूलपाती भित्र्याउनु हो ।
![]() |
| फाइल तस्विर |
नौ किसिमका पातमा क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा गर्ने प्रचलन छ ।
विगतका वर्षमा फुलपाती भित्र्याउँदा सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने चलन रहेको थियो । तर, यस वर्ष कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएकाले साङ्केतिकरुपमा मात्रै फुलपाती भित्र्याउने काम हुनेछ ।

