Notification

×

Iklan

Iklan

भोलिदेखि ‘क्लिन फिड’ लागू हुने

Thursday, October 22, 2020 | October 22, 2020 WIB Last Updated 2021-12-30T03:26:02Z

 

बेनी 

कात्तिक ७


नेपालका सञ्चारमाध्यमहरुमा भोलिदेखि ‘क्लिन फिड’ को नियम लागू हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ८ गते शनिबारदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित (क्लिन फिड) प्रशारणको नियम लागू हुने जानकारी दिएका हु्न् । ऐन प्रारम्भ भएको एक वर्षपछि त्यो कार्यान्वयनमा आउन लागेको हो ।


फाइल तस्विर



बिहीबार सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले ऐन र त्यसको नियमावली समेत कार्यान्वयनमा आइसकेको जानकारी दिएका थिए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आवश्यक कर्मचारीलाई त्यसका लागि प्रशिक्षित गरिसकिएको र ऐनको भावना र मर्म अनुरुप तोकिएको मितिदेखि क्लिनफिड प्रशारण भए नभएको अनुगमन गरिने बताए । 


‘विज्ञापन नियमिन गर्ने ऐन–२०७६’ बमोजिम विज्ञापनरहित (क्लिनफिड) लागू गरिएकाले त्यसमा सहयोग गर्न मन्त्री गुरुङले सरोकारवाला सबैलाई आह्वान पनि गरे । ऐनले विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले नेपालीमा डविङ गरी प्रशारण गर्न नपाउने व्यवस्था गरेको छ ।




यसअघि नेपाली सञ्चार माध्यममा विदेशी विज्ञापन नेपालीमा डविङ गरेर प्रशारण गर्ने प्रचलन थियो । सरकारले त्यसबारेमा २०७३ देखि छलफल गर्दै आएको थियो । मन्त्रालयका सहसचिव डिल्लीराज शर्माको अध्यक्षतामा सरकारले विज्ञापन बोर्डको पनि गठन गरेको छ । नयाँ नियम लागू भएपछि नेपालका विज्ञापन एजेन्सी र कलाकारलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।


×
Berita Terbaru Update