Notification

×

Iklan

Iklan

एप्पलका नयाँ आइफोन सार्वजनिक

Tuesday, October 13, 2020 | October 13, 2020 WIB Last Updated 2021-12-30T03:26:14Z

 बेनी

असोज २८


प्रविधि सम्बन्धी विश्वविख्यात कम्पनी एप्पलले बाह्रौं सिरिजको आइफोन सार्वजनिक गरेको छ । मङ्गलबार राती कम्पनीले चारओटा नयाँ मोडल सार्वजनिक गरेको हो । डिजिटल इभेन्टमार्फत् सार्वजनिक गरिएको कार्यक्रम एप्पलका विश्वभरका लाखौं फ्यानले हेरेका बताइएको छ ।


कम्पनीले सार्वजनिक गरेको ‘एप्पल–१२’ पाँचौं पुस्ताको प्रविधि (फाइभजी) मा आधारित रहेको र यो कम्पनीका लागि नयाँ युगको सुरुआत भएको एप्पल इन्कका प्रमुख कार्यकारी अधिकृत टीम कुकले बताएका छन् ।



एप्पल १२ अन्तर्गत कम्पनीले ‘आइफोन–१२’, ‘आइफोन–१२ मिनी’, ‘आइफोन–१२ प्रो’ र ‘आइफोन–१२ प्रो म्याक्स’ गरी चार नयाँ मोडल सार्वजनिक गरेको हो । 


यी चारओटै मोडलमा पनि एप्पलले स्टोरेज क्षमताका आधारमा थप तीन तीन मोडलका मोबाइल सार्वजनिक गरेको छ ।


कम्पनीले ‘आइफोन–१२’ सिरिजमा सबैभन्दा कम ६९९ डलर (८२ हजार नेपाली रुपैयाँ) मूल्य तय गरेको छ भने सबैभन्दा महँगो १३ सय ९९ सय डलर (एक लाख ६५ हजार रुपैयाँ) तय गरेको छ। जस्तो आइफोन १२ मा सबैभन्दा सस्तो आइफोन १२ मिनीको मूल्य ६९९ डलरबाट सुरु हुनेछ ।


सामसङले सन् २०१९ को फरवरीमा पहिलोपटक फाइभजी प्रविधिमा आधारित ग्यालेक्सी एस १० सार्वजनिक गरेको थियो । त्यसयता फाइभजी प्रविधिमा हुवावे, वन प्लस र गुगलले आफ्ना फोन सार्वजनिक गरिसकेका छन् ।


×
Berita Terbaru Update