Notification

×

Iklan

Iklan

योग गर्दागर्दै हात्तीबाट खसे रामदेव

Tuesday, October 13, 2020 | October 13, 2020 WIB Last Updated 2021-12-30T03:26:13Z

 

बेनी

असोज २८


भारतको पतञ्जली आश्रमका योगी रामदेव हात्तीमाथि बसेर योग गर्दागर्दै लडेका छन् । उत्तर प्रदेशको मथुरास्थित महावन आश्रममा सजाइएको हात्तीमाथि पलेटी कसेर रामदेवले योग गर्दै थिए । हात्तीमाथि चढेर योग गर्न थालेको भनेपछि उनलाई हेर्न वरिपरी मानिसको भीड जम्मा भएको थियो ।



 

अभ्यासका क्रममा रामदेवले आकाशतिर फर्केर आँखा बन्द गरेका थिए भने आफ्ना दुबै हात शिरमाथि राखेका थिए । तर, यसबीचमा अचानक हात्ती चल्मलायो । त्यसबेला सन्तुलन कायम गर्न नसक्दा रामदेव लडेका हुन् ।


 हात्तीबाट खसेका उनी हाँस्दै उठे र अघि बढे । अहिले रामदेव लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


हात्तीबाट लडेका बाबाजीलाई पेलु नाम गरेका ट्वीटर प्रयोगकर्ताले सोधेका छन्ः


‘बाबाजी यो आशनको नाम त बताएर जानुस् ।’


 



त्यस्तै अर्का व्यक्ति रामदेव मण्डलले लेखेका छन्ः


बालकृष्णः ‘बाबाजी हात्तीबाट खसेर कस्तो लागिरहेछ ?’

बाबा रामदेवः ‘भारतको जिडिपी जस्तो ।’



×
Berita Terbaru Update