Notification

×

Iklan

Iklan

ग्यास सिलिण्डर विस्फोट हुँदा ११ घाइते

Thursday, October 15, 2020 | October 15, 2020 WIB Last Updated 2021-12-30T03:26:12Z

बेनी

असोज २९



काठमाडौंको नयाँबजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा म्याग्दीका समाजसेवी चन्द्रकुमार केसीसहित ११ जना घाइते भएका छन् । किरिया बसेका आफन्तको घरमा भेटघाटका लागि पुगेका केसी विष्फोटमा परेका हुन् । म्याग्दीको बाबियाचौर स्थायी घर भई अहिले काठमाडौं महानगरपालिका–१६, नयाँ बजार बस्ने निरकुमारी क्षेत्रीको घरमा ग्यास सिलिण्डर विस्फोट भएको थियो ।



पारिवारिक स्रोतका अनुसार घाइते केसी अहिले खतरामुक्त अवस्थामा छन् । दाहिने खुट्टामा चोट लागेका केसीको हाल चिरायु अस्पतालमा उपचार भइरहेको छ । 



बाँकी घाइतेहरुको भने मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको बताइएको छ । अन्य घाइतेहरुमा म्याग्दीको बाबियाचौरका नरसिंहबहादुर केसीलगायत रहेका छन् ।


ग्यास विस्फोटपछि भएको आगलागी निभाउन प्रहरी र दमकलको प्रयोग भएको थियो । 


×
Berita Terbaru Update