Notification

×

Iklan

Iklan

लोक सेवा आयोगका सबै परीक्षा स्थगित

Monday, October 19, 2020 | October 19, 2020 WIB Last Updated 2021-12-30T03:26:06Z

बेनी

कात्तिक ३



लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएका सबै परीक्षा स्थगित गरेको  छ । सोमबार एक सूचना जारी गर्दै आयोगले यस्तो जानकारी गराएको हो ।




महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा भयको वातावरण सिर्जना भएको र आयोगका कर्मचारीहरुमा समेत सङ्क्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ ।




“परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले,” सूचनामा भनिएको छ, “आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको छ ।”



×
Berita Terbaru Update