बेनी
कात्तिक ७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमितरुपमा गर्दै आएको कोभिड–१९ सम्बन्धी मिडिया ब्रिफिङ दशैं विदामा बन्द गर्ने भएको छ । बिहीबारको प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, “शुक्रबार (आज) देखि आउने मङ्गलबारसम्म पाँच दिन ब्रिफिङ हुँदैन ।”
दशैं बिदा परेका कारण ब्रिफिङ नहुने तर तथ्याङ्क भने बेवसाइटमा अद्यावधिक गरिने जानकारी दिए ।
नेपालमा सङ्क्रमण देखिन थालेसँगै मन्त्रालयले दैनिकरुपमा प्रेस मिटिङ गर्दै आएको थियो ।
