Notification

×

Iklan

Iklan

दशैंका बेला परीक्षण कम हुँदा सङ्क्रमित घटे

Tuesday, October 27, 2020 | October 27, 2020 WIB Last Updated 2021-12-30T03:25:55Z

 

बेनी

कात्तिक १२


नेपालीहरुको ठूलो पर्व दशैंका बेला पिसिआर परीक्षण कम हुँदा सङ्क्रमितको संख्या पनि घटेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ जनाको नमुना परीक्षण भएकोमा ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये २११ महिला र ३५९ पुरुष छन् । केही दिन अघिसम्म दैनिक २० हजार भन्दा धेरै नमुनाको परीक्षण हुने गरेकोमा दशैंका बेला यो संख्या ह्वात्तै घटेको हो । 




स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार अपराह्नसम्मको विवरण अनुसार पछिल्लो २४ घन्टामा तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका छन् । कर्णाली र सुदूरपश्चिममा हिजो सङ्क्रमित भेटिएका छैनन् । दशैँका बेला स्वाब परीक्षण कम भएकाले नयाँ सङ्क्रमित पनि थोरै भेटिएका हुन् ।


शुक्रबार सप्तमीका दिन १६ हजार आठ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको थियो । तीमध्ये चार हजार चार सय ९९ जनामा कोरोना सङ््क्रमण पुष्टि भएको थियो । 


त्यस्तै शनिबार अष्टमीका दिन १३ हजार आठ सय ४६ जनाको पिसिआर परीक्षण हुँदा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएको थियो ।


आइतबार नवमीका दिन १२ हजार तीन सय ११ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । 


सोमबार विजयादशमीको दिन पाँच हजार छ जनाको मात्रै पिसिआर परीक्षण गरिएको थियो । तीमध्ये एक हजार सात सय ४१ जनामा कोरोना पुष्टि भएको थियो।



पछिल्लो अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणसँगै नेपालमा कुल सङ्क्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।


यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।


देशभर ४० हजार ६८१ सक्रिय सङ्क्रमित छन् । ३२ हजार ४६४ होम आइसोलेसनमा छन् भने २८१ जनाको आईसीयू र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


मन्त्रालयको विवरण अनुसार हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४ दशमलव १ प्रतिशत नाघेको छ भने अहिलेसम्म एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेका छन् ।


विवरण अनुसार प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, वाग्मतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ सङ्क्र्मणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।



×
Berita Terbaru Update