Notification

×

Iklan

Iklan

बाग्लुङमा एकैदिन ५१ जना सङ्क्रमित

Thursday, October 15, 2020 | October 15, 2020 WIB Last Updated 2021-12-30T03:26:12Z


बेनी

असोज २९


छिमेकी जिल्ला बागलुङमा एकै दिनमा ५१ जनामा कोरोना भाइरस कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा चार महिलासहित ५१ जना सङ्क्रमित देखिएका हुन् । 


यो सँगै गण्डकी प्रदेशमा मात्र पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । बागलुङसँगै सङ्क्रमण थपिएका ५ जिल्लामध्ये कास्कीमा ३०, गोरखामा ७, लमजुङमा ३  र नवलपुर जिल्लाका ६ जना रहेका छन् ।

बागलुङ बजार



सङ्क्रमण देखिएकामध्ये ८ जनाबाहेक सबै जना कन्ट्र्याक्ट ट्रेसिङमा परेका हुन् ।


नगरपालिकाको सेवा बन्द

नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले मङ्गलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा बन्द  गरेको छ ।  नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुष्टी भएपछि  नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिएका छन् ।  


सूचना अधिकारीका अनुसार नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेकका काम बन्द गरिएको हो ।


×
Berita Terbaru Update