Notification

×

Iklan

Iklan

‘घुम्नैपर्ने’ ठाउँको सूचिमा अन्नपूर्ण सर्किट पनि

Monday, October 12, 2020 | October 12, 2020 WIB Last Updated 2021-12-30T03:26:15Z

 

बेनी 

असोज २६


कोरोना भाइरसको बढ्दो महामारीका बीच संसारका घुम्नैपर्ने दश गन्तव्यमा अन्नपूर्ण सर्किट पनि समेटिएको छ । घुमफिर सम्बन्धी जानकारी दिने विश्वविख्यात वेबसाइट ‘लोन्ली प्लानेट’ले विश्वका उत्कृष्ट १० गन्तव्यको सूचि सार्वजनिक गरेको हो ।



लोन्ली प्लानेटले कोरोना भाइरसको संक्रमण बढ्ने दर कायमै रहेपनि अब सुरक्षित तरिकाले भ्रमण गर्न विश्वका १० गन्तव्य सार्वजनिक गर्दा नेपालको अन्नपूर्ण सर्किटलाई पनि समावेश गरेको हो ।



अन्नपूर्ण पदयात्रालाई विश्वकै उत्कृष्ट पदयात्रा भन्दै लोन्ली प्लानेटले आफ्नो साइटमा अन्नपूर्ण संरक्षण क्षेत्र, तिलिचो ताल, थोरङ्ला पास, माथिल्लो मुस्ताङ र कालीगण्डकी उपत्यकाको वर्णन गरेको छ । 



वि.सं.२०३४ सालमा विदेशी पदयात्रीहरु पनि घुम्न पाउने गरी सरकारले खुला गरेपछि अन्नपूर्ण फेरोको पदयात्रा विदेशी पदयात्रीका लागि निकै महत्वपूर्ण बन्दै आएको छ ।



एकसातामा आधाभन्दा धेरै समय जहाजमै बिताउने व्यक्ति पनि केही दिनको विदा पाए अन्नपूर्ण सर्किट घुम्ने लोभले नेपाल आएका अनेक उदाहरण पाउन सकिन्छ ।


×
Berita Terbaru Update